गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ

nepaltext

काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक युवराज ढकालका अनुसार गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार भदौ ७ गते राति करिब १ बजे ताँजाकोट–३ टाकुरेस्थित गाउँपालिका कार्यालय भवनमा आगलागी भएको थियो। आगलागीका कारण कार्यालयमा रहेका महत्वपूर्ण कागजातसहित विभिन्न सामग्री जलेर नष्ट भएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया