काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-१ स्थित माले सल्लीकोट सामुदायिक वनको झाडीमा लुकाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको छ।
प्रहरीका अनुसार बरामद गरिएका सबै बन्दुक लोड अवस्थामा रहेका थिए। घटनास्थलबाट करिब ४०० ग्राम बारुद, ३३ वटा केप, १३ वटा फलामका गोली तथा २ बट्टा सलाई समेत बरामद गरिएको छ।
बरामद सामग्री कसले र किन लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
७ असार २०८३, आईतबार ०१:०४ मा प्रकाशित