ललितपुर । बाढीपीडितको उपचारमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन ललितपुरको गोदावरी नगरपालिका–३ मा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
सुनौलो गोदावरी सामाजिक विकास क्लब, गोदावरी नगरपालिका–३ नं. वडा कार्यालय, गोदावरी मिडसिटी अस्पताल, नेपाल रेडक्रस सोसाइटी पुल्चोक उपशाखा, गोदावरी प्रिन्टिङ सोलुसन र लायन्स क्लब अफ काठमाडौं गोदावरी क्रियसनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
बाढीका कारण घाइते भएकाको उपचारमा रगतको कमी हुन नदिन कार्यक्रम आयोजना गरिएको सुनौलो गोदावरी सामाजिक विकास क्लबका अध्यक्ष प्रल्हाद सिलवालले जानकारी दिए।
रक्तदानसँगै कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था समेत गरिएको छ। स्वास्थ्य परीक्षणका लागि गोदावरी मिडसिटी अस्पतालले आवश्यक प्राविधिक जनशक्ति तथा अन्य सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ।
२० भदौ २०८३, शनिवार १२:३६ मा प्रकाशित