राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाँदै
nepaltext
२२ भदौ २०८३, सोमबार
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल सोमबार रसुवा बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकनमा जाने भएका छन्।
शीतलनिवासका अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटस्थित मैथिल ब्यारेक पुग्नेछन्। त्यहाँबाट बाढी प्रभावित विभिन्न स्थानको निरीक्षण गर्दै क्षतिको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ।
त्यसपछि राष्ट्रपति पौडेल होल्डिङ सेन्टरमा पुगेर बाढीपीडितको अवस्था तथा उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिने जनाइएको छ।
रसुवामा बाढी आएको आज १३औँ दिन हो। बाढीको १३औँ दिन सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। राष्ट्रपति पौडेल सोही दिन बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जान लागेका हुन्।