हिमालयन लाइफ इन्स्योरेन्सले १९औँ बार्षिक साधारण सभा सम्पन्न, सबै प्रतिवेदन र खर्च अनुमोदित

श्याम खतिवडा

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। काठमाडौं नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार सम्पन्न सभाले कम्पनीको आ.व. २०८१/८२ को बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रुपमा स्वीकृत गरेको छ।

सभाले स्वतन्त्र संचालक गोपाल घिमिरेको नियुक्ति र संचालक दीपक नेपालको नियुक्ति पनि सर्वसम्मत रुपमा अनुमोदन गरेको छ। साथै, कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८१/८२ को वित्तीय विवरण पनि सभाले अनुमोदन गरेको छ। संचालक समितिको सिफारिस अनुसार आ.व. २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने निर्णय पनि गरिएको छ।

कम्पनीको प्रस्तावित विषयमा नियामक निकायले कुनै परिवर्तन, संशोधन वा निर्देशन दिएमा सोही अनुसार गर्न संचालक समितिलाई अधिकार दिने निर्णय पनि सभाले गरेको छ। साथै, कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आ.व. २०८१/८२ मा भएको खर्च अनुमोदन गरिएको छ।

प्रतिक्रिया