सुनको मूल्यमा एकैदिन १० हजारभन्दा बढी उछाल

nepaltext.com

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले आज एकैदिन ठूलो फड्को मारेको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ९२० रुपैयाँ कायम भएको छ । यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ८८० रुपैयाँमा किनबेच भएको थियो । आइतबार सुन दुई लाख ७८ हजार ८०० र चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन दुई लाख ८२ हजार र चाँदी पाँच हजार ८१० रुपैयाँमा पुगेको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ७४० अमेरिकी डलर र चाँदी प्रतिऔँस ९५ डलरमा कारोबार भइरहेको छ । आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीतर्फ लगानीकर्ताको आकर्षण बढ्दा मूल्यमा तीव्र वृद्धि देखिएको हो ।

प्रतिक्रिया