दोलखामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, तीन घाइते

nepaltext.com

दोलखा । दोलखाको बिगु गाउँपालिका–६ आलम्पुमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाका अनुसार आलम्पुबाट ढुंगाखानीतर्फ जाँदै गरेको प्रदेश १–०१००१ त ८८७२ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भई करिब १५ मिटर तल खस्दा आलम्पुका ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परि आलम्पुका ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पल बहादुर थामी र १५ वर्षीय आशिष थामी घाइते भएका छन्। घाइतेलाई उपचारका लागि सिंगटी पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया