काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् ।
भुर्तेलले प्रतियोगितामा शानदार ब्याटिङ गर्दै ४ खेलमा २ शतक र १ अर्धशतकसहित ३४० रन बनाए । उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् ।
उनले चीनविरुद्धको पहिलो खेलमा ४३ बलमा १२९ रन बनाएका थिए । उक्त खेलमा उनले एकै ओभरमा ६ छक्का समेत प्रहार गरे ।
मलेसियासँगको दोस्रो खेलमा ५४ बलमा १२६ रन बनाए । लगातार दुई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बने ।
ओमानविरुद्धको सेमिफाइनलमा २० रन बनाएका थिए । सोमबार भएको हङकङसँगको फाइनलमा उनले ४० बलमा ६५ रन बनाएर जितको आधार तय गरेका थिए ।
वर्षाले प्रभावित खेलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेर उपाधि जित्न सफल भयो ।
२५ जेठ २०८३, सोमबार ०५:३३ मा प्रकाशित