काठमाडौँ, २४ भदौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा तोकिएको छ। यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ १२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ ०९ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा कायम भएको छ।
त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७० पैसा तोकिएको छ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा रहेको छ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७४ पैसा तोकिएको छ।
बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०३ रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।
राष्ट्र बैङ्कले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।